December 26, 2019

सभामुख चयनमा सकस : चर्चामा नेम्वाङ र सापकोटा

प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा  सविन शर्माले लेखेका छन् ।

तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् । पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन् । बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर