चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।

“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन ।
“मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो”, प्रवक्ता घिमिरेले भने, “मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ । ”
निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य भेटिँदैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो सङ्ख्या २०७४/०७५ मा २६, २०७३÷०७४ मा २५ वटा थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित