December 13, 2019

विश्व बैंकको प्रक्षेपणमा सरकारको असन्तुष्टि

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।

बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने बताएको छ ।

गत वर्ष विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रशितशत रहने प्रक्षेपण गरेको थियो ।

सार्वजनिक प्रतिवेदनले यस अघि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धदर ६.४ हुने बताएपछि सरकारले असन्तुष्टि जनाएको हो । यस विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदर कम आँकलन गरिएको बताए । 

उनले भने,‘नेपालले यस वर्ष ८.५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ अहिले नै सरकारले आर्थिक वृद्धिको लक्ष्यमा कुनै संशोधन गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर