December 11, 2019

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

मानव विकास सूचकांक (एचडीआई) मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८ सम्मको अवधिमा एचडीआईमा औसत वार्षिक शून्य दशमलव ५२ प्रतिशतले सुधार गर्दै  नेपाल १८९ देशमध्ये १४७ औं स्थानमा उक्लिएको हो । गत वर्ष नेपाल १४९ औं स्थानमा रहेको थियो । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

सन् २०१८ मा नेपालको रेटिङ शून्य दशमलव ५७९ रहेको छ । सन् १९९० मा शून्य दशमलव ३८० थियो । न्यून रेटिङ भएका मुलुकभन्दा नेपाल अहिले ६ स्थान मात्र अगाडि रहेको छ । नेपालकै स्थानमा केन्या पनि छ । प्रतिवेदनअनुसार दक्षिण एसियाको एचडीआईमा नेपालभन्दा श्रीलंका, भारत, भुटान र बंगलादेश अघि छन् । दक्षिण एसियाका मुलुकमध्ये श्रीलंका १७१ औं स्थान र भारत १२९ औं स्थानमा छन् ।  भुटान १३४ औं, बंगलादेश १३५ औं र पाकिस्तान १५२ औं स्थानमा छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०ले मंगलबार विश्वभर सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा शिक्षा, स्वास्थ्य एवं रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय २०११ को पीपीए डलरमा १३० दशमलव ५ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड