December 8, 2019

अब लगानी बोर्डले उपत्यकाको फोहोर नउठाउने

लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट दुई वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब दुई वर्षपछि हात झिकेको हो । गत साउनमा उक्त सम्झौता गरेको बोर्डले पाँच दिनअघि अबको बाँकी सम्पूर्ण प्रक्रिया काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै फाइल फिर्ता पठाएको हो। यो खर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

एक दशकदेखि प्रक्रियामा रहेको सयौं पृष्ठको कागजातसहितको उक्त फाइल स्क्यानिङ गरी फिर्ता पठाइएको छ । बोर्डले नयाँ कानुनअनुसार फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएकाले बाँकी प्रक्रिया उतैबाट अघि बढाउने गरी फाइल फर्काएपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनेको छ। बोर्डले कामपासँग सल्लाह गरी फाइल फिर्ता पठाएको दाबी गरेको छ।

नेपवेस्टले फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गा, कामपाले प्रयोग गरेको सवारीसाधनसहित अन्य उपकरण, कर्मचारी व्यवस्थापन, अवकाश हुन लागेका कर्मचारीको सेवासुविधा, थप तीन स्थानमा ट्रान्सफर स्टेसन निर्माण, बञ्चरेडाँडा ल्यान्डफिल साइटको पूर्वाधार निर्माणलगायतका विषयमा कामपाको स्पष्ट धारणा मागेको थियो। तर कामपाले आफ्नो धारणा सार्वजनिक नगरेपछि एक वर्षमा पनि दुई पक्षबीच सम्झौता हुन सकेन ।

कामपाले भने बोर्डले गर्दै आएको काम अकस्मात् रोक्नु नाजायज भएको आरोप लगाएको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यले बोर्डले हात झिक्नु गलत काम भएको आरोप लगाउँदै अब अघि बढ्ने विषयबारे निर्णय लिन बाँकी रहेको बताए।

बोर्डका कार्यकारी अधिकृत अधिकारीले पन्छिन नभई कामपालाई जिम्मेवार बनाउन खोजेको बताए । अधिकारीले स्थानीय तह तात्नुपर्ने अवस्थामा बोर्ड तातेकाले सम्झौता हुन नसकेको र बाँकी प्रक्रिया कामपाले गरेर फोहोर व्यवस्थापन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर