नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।
शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पा¥यो ।
बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो । यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर