नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सिराजुद्दिन खानले लेखेका छन् ।

विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
चार चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपियाँ खर्च हुनेभएको छ । सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ सुरु गरिएका छन् । निर्धा्रित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ, प्रमुख ठाकुरले भने ।
नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजनालाई गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको थियो । हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस, बोइङ र जेटजस्ता ठूला विमान पनि उडाउन मिल्ने बताइएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर