November 25, 2019

काठमाडौँ महानगरः सडक मानवमुक्त महानगर घोषणा हुँदै

काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । यो समाचार आजकोे राजधानी दैनिकमा छ ।

काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौँको संयुक्त प्रयासबाट सहयोगापक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

महानगरको ३ मंसिरमा बसेको ३८ औँ नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ । महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण,औषधोपचार तथा परिवारमा पुर्नमिलन गराउने कार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर