November 22, 2019

कालापानीबारे एसडी मुनीको धारणा – भारतीय सेना हट्दैन

काठमाडौं, ६ मंसिर । भारतीय प्राध्यापक एसडी मुनीले कालापानी र लिम्पियाधुराबारे आफ्नो धारणा राखेका छन् । मुनीले कालापानी विवादित क्षेत्र भएको र उक्त क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता नहुने बताएका छन् ।

दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका जानकार  एसडी मुनीले  नेपालबारे आफ्नो पछिल्लो धारणा व्यक्त गरेका हुन् । मुनीले लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो आधिकारिक नक्सामा पारेपछि सुरु भएको दुई देशबीचको असमझदारीलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने समेत बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाले सीमा विवादलाई भारतविरोधी राष्ट्रवादको रुपमा प्रयोग गरेको मुनीको भनाइ छ । ‘नेपाल कम्युनिष्ट पार्टीले यतिबेला भारत विरोधी राष्ट्रवाद प्रयोग गरिरहेको छ र कालापानीबारे कुरा गरिरहेको छ’, मुनीले भने, ‘यस्तो कुरा नेकपा र केपी ओलीका लागि राम्रो कुरा होइन ।’

साथै कालापानीबाट भातरीय सेना हट्नुपूर्व सीमा समस्याको सार्थक हल निकाल्नु पर्ने उनको भनाइ छ ।

‘आपसी कुराकानीबाट यो समस्यालाई हल गर्न सकिन्छ, यसबारे के गर्ने भनेर तय नहुन्जेलसम्म सीमामा पुरानै अवस्था कायम हुनेछ र भारतीय सेना कालापानीबाट हट्नुपर्ने जरुरी छैन’, मुनीले भने ।

‘सबैलाई थाहा छ कि हालसम्म भारत र नेपालबीच  कालापानीबारे कुनै कुराकानी भएको छैन । कुराकानीपछि मात्रै कालापानी कसको हो भनेर निश्चित हुन्छ तर कुराकानी नहुँदै ओलीले यस्तो कुरा नगरेको भए हुन्थ्यो’, मुनीले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको