November 22, 2019

कालापानीबारे एसडी मुनीको धारणा – भारतीय सेना हट्दैन

काठमाडौं, ६ मंसिर । भारतीय प्राध्यापक एसडी मुनीले कालापानी र लिम्पियाधुराबारे आफ्नो धारणा राखेका छन् । मुनीले कालापानी विवादित क्षेत्र भएको र उक्त क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता नहुने बताएका छन् ।

दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका जानकार  एसडी मुनीले  नेपालबारे आफ्नो पछिल्लो धारणा व्यक्त गरेका हुन् । मुनीले लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो आधिकारिक नक्सामा पारेपछि सुरु भएको दुई देशबीचको असमझदारीलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने समेत बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाले सीमा विवादलाई भारतविरोधी राष्ट्रवादको रुपमा प्रयोग गरेको मुनीको भनाइ छ । ‘नेपाल कम्युनिष्ट पार्टीले यतिबेला भारत विरोधी राष्ट्रवाद प्रयोग गरिरहेको छ र कालापानीबारे कुरा गरिरहेको छ’, मुनीले भने, ‘यस्तो कुरा नेकपा र केपी ओलीका लागि राम्रो कुरा होइन ।’

साथै कालापानीबाट भातरीय सेना हट्नुपूर्व सीमा समस्याको सार्थक हल निकाल्नु पर्ने उनको भनाइ छ ।

‘आपसी कुराकानीबाट यो समस्यालाई हल गर्न सकिन्छ, यसबारे के गर्ने भनेर तय नहुन्जेलसम्म सीमामा पुरानै अवस्था कायम हुनेछ र भारतीय सेना कालापानीबाट हट्नुपर्ने जरुरी छैन’, मुनीले भने ।

‘सबैलाई थाहा छ कि हालसम्म भारत र नेपालबीच  कालापानीबारे कुनै कुराकानी भएको छैन । कुराकानीपछि मात्रै कालापानी कसको हो भनेर निश्चित हुन्छ तर कुराकानी नहुँदै ओलीले यस्तो कुरा नगरेको भए हुन्थ्यो’, मुनीले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन