November 19, 2019

युवापुस्तामा बढेको मदिराको लतले स्वास्थ्यमा पार्ने गम्भीर असरहरु

फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उनको सुझाव छ ।

मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ । मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुने अनुसन्धानबाट पत्ता लागिसकेको पनि डा. पाण्डेले जानकारी दिए ।

उनले रक्सी प्रयोग गर्नुपरे पनि मासु, चिल्लो खानेकुरा वा पापडहरूसँग प्रयोग गर्न नहुने र फलफूल वा सलादसँग प्रयोग गर्नुपर्ने बताए । जर्मन अनुसन्धानकर्ताहरूले गरेका अध्ययनमा पुरुषसरह नै रक्सी प्रयोग गरेमा महिलाको दिमागमा गम्भीर क्षति पुग्ने पाइएको छ । वैज्ञानिकहरूले रक्सी पिउने १५० महिलाको मस्तिष्कको सिटिस्क्यान गर्दा स्मरण गर्न भूमिका खेल्ने मस्तिष्कका महत्त्ववपूर्ण नसाहरूमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर