काठमाडौँ, २० कात्तिक । लिभरपुलले आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिएको छ । गएराति भएको च्याम्पियन्स लिगमा केआरसी जेन्कलाई लिभरपुलले २–१ गोलले पराजित गर्न सफल भयो ।
लिभरपुलका लागि जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरे । लिभरपुलका लागि खेलको १४ औ मिनेटमा विजनाल्डम गोल गरे ।
खेलको ४० औ मिनेटमा जेन्कका लागि सामाटाले बराबरी गोल गरे । तर, यस सिजन कमव्याक गर्न माहिर देखिएको लिभरपुलका लागि खेलको ५३ औ मिनेटमा चेम्बरलिनले गोल गरे ।
पहिलो खेल पराजित भए पनि तीन खेल लगातार जितेको लिभरपुलले ९ अंक जोड्न सफल भएको छ । ४ खेलबाट ९ अंक जोडेको लिभरपुल समुह ई को शिर्षस्थानमा रहेको छ ।
दोस्रो स्थानको नापोलीको ८ अंक छ । नापोलीले साल्जवर्गसँग एकएक गोलको बराबरी खेल खेलेको छ । साल्जवर्गको चार र जेन्कको एक अंक रहेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित