काठमाडौं । फूलैफूलको पर्व तिहार नजिकिँदै छ । तिहारमा विशेषगरी सयपत्री, मखमली र गोदावारी फूलको प्रयोग हुने गरेको छ । तिहारको आगमनसँगै बजारमा फूल व्यापारको चर्चा पनि सुरु हुन थालेको छ ।
फ्लोरिकल्चभर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो वर्षको तिहारमा सयपत्री, मखमली र गोदावारी गरेर २५ लाख मालाको माग रहेको बताएको छ । फ्यानका अध्यक्षका अनुसार हरेक वर्ष ५ प्रतिशतले फूल आयात प्रस्थिापन गर्न एसोसिएसन लागिपरेको छ । यो वर्ष २ लाख ५० हजार माला बाह्य मुलुकबाट आयात गरिने जानकारी उनले दिए ।
गत वर्षको तिहारमा २२ लाख मालाको कारोबार भएको उनले बताए । अध्यक्षका अनुसार यो वर्ष तिहारमा एउटा मालाको लागि ६० देखि एक सय रुपैयाँसम्म तिर्नुपर्ने छ । यो वर्ष तिहारमा १३ करोड भन्दा बढीको कारोबार हुने व्यवसायीहरुको अपेक्षा छ ।
करिब ४३ जिल्लामा पुष्प खेती हुने गरेको तथ्यांक छ । नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिएको र ४३ हजार ५ सय भन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायसँग जोडिएको तथ्यांक छ । नेपालमा दैनिक २० हजार मालाको माग छ । तिहारको समयमा सबैभन्दा बढी फूलका माला खपत हुने गरेको छ ।
ले यो वर्ष तिहारमा सबै (मखमली, सयपत्री, गोदावारी) करिब २५ लाख मालाको माग भएको बताए । यसमध्ये १८ लाख माला सयपत्री फूलको हुने र बाँकी गोदावरी र मखमली फूलको माला हुने उनले बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा