September 18, 2019

थुनुवा फरार हुने क्रम रोक्न बयानदेखि अदालतसम्म विशेष ज्याकेट

Thunuwa_2_IYtpxenqPN

असोज १, २०७६, जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाबाट बयानका क्रममा थुनुवा भागेपछि थुनुवा पहिचानका लागि प्रहरीले ‘थुनुवा ज्याकेट’ लगाएर बयान लिने काम थालेको छ ।प्रहरी कार्यालयका थुनुवालाई अदालत, सरकारी वकिल कार्यालय र प्रहरीकै अपराध अनुसन्धान शाखामा लैजाँदा थुनुवा पहिचान हुने ज्याकेट लगाएर ल्याउने–लैजाने गरिएको छ ।

यसअघि थुनुवालाई बयानका लागि अदालत वा सरकारी वकिलको कार्यालयमा पुर्‍याउँदा थुनुवाले नै लगाएको आफ्नै पोशाकमा लैजाने गरिन्थ्यो तर अब थुनुवा पहिचान हुने ज्याकेट लगाउने गरिएको छ । थुनुवाले लगाउने ज्याकेटको पछाडि ‘जिल्ला प्रहरी कार्यालय धनुषा हिरासत कक्ष’ लेखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले भीडभाडमा पनि सजिलैसँग थुनुवाको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले थुनुवालाई ज्याकेट लगाएर बयानका लागि सम्बन्धित निकायमा लैजाने गरिएको छ ।

‘प्रमुख जिल्ला अधिकारी (सीडीओ) सा’पको निर्देशन बमोजिम नै थुनुवालाई प्रहरी हिरासतबाट बाहिर लग्दा प्रहरी हिरासतको थुनुवा रहेको स्पष्ट झल्किने गरी ज्याकेट लगाउने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले भने, ‘विगतमा जिल्ला प्रहरी कार्यालयमै बयानका क्रममा भीडभाडको फाइदा उठाउँदै १ जना थुनुवा फरार भएपछि थुनुवा पहिचानको लागि ज्याकेट लगाउने गरिएको छ ।’

गत साउन २९ गते प्रहरी हिरासतमा रहेका बलात्कार मुद्दाका अभियुक्त राममनि यादव बयानकै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट फरार भएका थिए । यादवसँग बयान लिने प्रहरी सहायक निरीक्षक रामकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले तत्कालै निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाएका थिए । फरार भएका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा गएको प्रहरी टोलीले सिरहाको नेपाल–भारत सीमामा पर्ने माडरबाट गत भदौ ४ गते पक्राउ गरेको थियो ।

फरार अभियुक्त पक्राउ भएपनि निलम्बित असई भण्डारीको निलम्बन फुकुवा भएको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी सन्तुप्रसाद जैसवारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । ‘६ महिनाको अवधि हुन्छ, हामीले लगभग छानबिन गरिसकेका छौं,’ डीएसपी जैसवारले भने, ‘छानबिन समितिमा रहेका एक जना प्रहरी निरीक्षक अहिले बिदामा गएकाले उनी आउने बित्तिकै प्रतिवेदनमा हस्ताक्षर गरेपछि एसपी सा’पलाई प्रतिवेदन बुझाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल–भारतबीच विभिन्न आठ विषयमा समझदारी

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग

पूर्वमुख्य सचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले