September 8, 2019

चीनका विदेशमन्त्री वाङ आज नेपाल आउने

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउने

 
 

काठमाडौं, भदौ २२ । चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । नेपाल भ्रमणको सिलसिलामा साँझ काठमाडौं आईपुग्ने चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणको सिलसिलामा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ताको मुख्य कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरेका थिए ।
दक्षिणी छिमेकी भारतका विदेशमन्त्री नेपाल भ्रमण आएको तीन साता नपुग्दै उत्तरी छिमेकी चीनका विदेशमन्त्री नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी यीबीच सोमबार द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ । रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुने जनाइएको छ ।
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनेमा आफू आशावादी भएको बताएका छन् । नेपाल र चीनबीच भोलि सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय भेटवार्तालाई चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको पूर्वतयारीका रूपमा पनि विश्लेषण गरिएको छ.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल