सुनको भाउ ह्वातै बढ्यो, अझै बढ्न सक्ने सम्भावना !

भाद्र ९, काठमाडौँ । 

कहिले घट्ने र कहिले बढ्ने क्रम जारी भएको सुनको मूल्यमा बिहिबार तोलामा ८ सय बृद्धी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार एकै रकम कायम भएको छापावाल सुनमा आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनमा पनि आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ एक सय रुपैयाँमा कारोबार भईरहेको महासंले जानकारी दिएको छ ।

बिहिबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको छ । बिहिबार प्रतितोला ८ सय ८० भएको चाँदीको मूल्यमा पनि आज तोलामा १५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा नै  सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सात डलरले बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।

उनका अनुसार  इरान–अमेरिकाबीचको तनाव, अमेरिका–चीनबीचको व्यापार युद्ध जस्ता समस्याको ठोस समाधानका लागि उपयोगी पहल भने कतैबाट चालिएको छैन । यसले गर्दा सुन अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा