August 14, 2019

प्रधानमन्त्रीको समृद्धि सपनाः दमकमा मात्रै दर्जन परियोजना

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकास कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराई र अर्जुन राजवंशीले लेखेका छन् ।

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट आग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डिपिआर तयार गरिसकेको छ । 

१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्त निर्माण गर्न लागिएको हो । यसका लागि १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । 

यसैगरी ३ अर्बको भ्यु टावर, २ अर्बको सडक, २ अर्बको विज्ञान पार्क, १ अर्ब ३७ करोड पुल, २९ करोड सभागृह, १५ करोडको पशुपन्छी बजार र १ करोड २५ लाखको नमुना मार्गजस्ता कार्यक्रमम दमकैमै छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर