तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए ।
उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो ।
माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्ले र गोपाल शर्माले लेखेका छन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर