July 29, 2019

बेनिघाट रोराङ गाउँपालिकामा इन्धनको नाममा ‘ब्रम्हलुट’ : अध्यक्ष डल्लाकोटीलाई २० लाखको इन्धन, २ स्कोरपिओ !

बेनिघाट रोराङ गाउँपालिकामा इन्धनको नाममा ‘ब्रम्हलुट’ : अध्यक्ष डल्लाकोटीलाई २० लाखको इन्धन, २ स्कोरपिओ !

धादिङ, १३ साउन । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरी’ले इन्धनको नाममा मनोमानी गरेका छन् । उनले आर्थिक वर्ष २०७५÷७६ मा अनुमानित २० लाख रुपैयाँ ईन्धनमा मात्रै खर्च गरेका छन् । गाउँपालिकाको १ र भाडाको १ गरी जम्मा २ वटा गाडीमा २० लाख रुपैयाँ बराबरको इन्धन खर्च भएको विवरणमा उल्लेख छ ।
व्यय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाको पदाधिकारीलाई ईन्धन खर्च शिर्षकमा ५ लाख रुपैयाँ खर्च भएको देखिएको छ । यो खर्च गाउँपालिकाका अध्यक्ष मात्रै चढ्ने बा २ झ ३३८० नम्बरको सेतो नम्बर प्लेटको स्कोरपिओ गाडीमा भएको हो ।

यस्तै कार्यलय प्रयोजनका लागि १५ लाख रुपैयाँको ईन्धन खर्च भएको विवरण बनाईएको छ । यो रकम आर्थिक वर्ष २०७४/७५ को तुलनामा ५ लाख रुपैयाँ बढि हो । आर्थिक वर्ष २०७४÷७५ मा पदाधिकारीको नाममा ७ लाख र कार्यलय प्रयोजनको नाममा ८ लाख रुपैयाँ इन्धन खर्च भएको विवरणमा देखाइएको थियो ।
गाउँपालिकाको गाडी हुँदाहुँदै नीजी गाडी भाडामा
गाउँपालिकाले बा २ झ ३३८० नम्बरको सेतो नम्बर प्लेटको स्कोरपिओ गाडी खरिद गरेको छ । यो गाडी गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले मात्रै प्रयोग गर्ने गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले  जानकारी दिए ।
त्यस्तै विदाको दिन प्रयोग गर्नका लागि अर्को स्कोरपिओ भाडामा लिइएको छ । ‘आफू जुनसुकै बेलामा जहाँ पनि जानुपर्ने भनेर अध्यक्ष ज्यू ले भन्नुभयो’ प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने, ‘गाउँपालिकाले खरिद गरेको गाडी अध्यक्षलाई चाहिने भएपछि बेनिघाट रोराङ गाउँपालिका ५ का दिपक सिलवालसँग बा १६ च ८३५२ नम्बरको रातो नम्बर प्लेटको स्कोरपिओ गाडी भाडामा लिएर चलाइएको हो ।’

गाउँपालिकाले मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने र तेल खर्च बेहोर्ने गरी नीजी गाडी भाडामा लिएको भट्टराईको भनाई छ । अध्यक्ष डल्लाकोटी चढ्ने स्कार्पियोलाई झण्डै ४९ लाख रुपैयाँ परेको छ । अनुमानित ७५ लाख रुपैयाँमा फोहोर उठाउन एउटा टिप्पर र ब्याक लोडर पनि गाउँपालिकाले खरिद गरेको छ । तर, यी गाडीहरुमा केकति इन्धन खर्च भए यसको विवरण खुलाइएको छैन ।
गाडी मर्मत खर्च


भाडाको गाडी बिग्रिएमा वा केही समस्या आएमा गाडी धनीले नै मर्मत गर्ने सर्तमा सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत भट्टराई बताउछन् । तर गाउँपालिकाको आय–व्यय विवरणमा भने १ वर्षको अवधिमा गाडी मर्मतको लागि मात्रै ७ लाख रुपैयाँ खर्च भएको देखाइएको छ । प्रमुख प्रशासकिय अधिकृत भट्टराईको भनाई अनुसार यो खर्च गाउँपालिकाका अध्यक्ष डल्लाकोटी चढ्ने बा २ झ ३३ ८० नम्बरको सेतो नम्बर प्लेटको गाडी मर्मत गर्दा मात्रै भएको खर्च हो ।
चालु आर्थिक वर्ष २०७४/७५ मा पनि गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले गाडी मर्मत खर्च भन्दै ३ लाख रुपैयाँ बुझेका थिए । २ वर्षको अवधिमा मात्रै गाउँपालिकाले एउटा गाडीमा १० लाख रुपैयाँ खर्च गरेको विवरणले देखाउँछ ।

चालु आर्थिक वर्षमा पनि लुट्ने मेसो !
गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि अध्यक्ष डल्लाकोटीले चढ्ने गाडीका लागि ६ लाख रुपैयाँ र कार्यालय प्रयोजनका लागि १८ लाख रुपैयाँ इन्धन चाहिने प्रस्ताव गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ४ लाख रुपैयाँ बढि अर्थात २४ लाख रुपैयाँ हो । गाडी मर्मत खर्च पनि बढि प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षका लागि गाडी मर्मतका लागि भन्दै ८ लाख रुपैयाँ प्रस्ताव भएको छ । गाउँपालिका अध्यक्ष मात्रै चढ्ने एउटा गाडी मर्मतका लागि अघिल्लो वर्षको तुलनामा १ लाख रुपैयाँ बढि लाग्ने अनुमान गरिएको हो । यसरी हेर्दा एउटै गाडीमा चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले १८ लाख रुपैयाँ खर्च गर्ने देखिएको छ ।
यतिले नपुगेर अन्य ईन्धन शीर्षक ?


गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले यत्ति खर्चले पनि नपुगेर चालु आर्थिक वर्षका लागि अन्य प्रयोजनका लागि भन्दै ५ लाख रुपैयाँको ईन्धन आवश्यक पर्ने विवरणमा उल्लेख गरेका छन् । अन्य प्रयोजन भनेको कस्ता प्रयोजन हुन् भन्ने चाँही खुलाईएको छैन ।
खर्चको स्रोत के हो ?


गाउँपालिकाको विवरण अनुसार यी सबै खर्च आन्तरिक स्रोतबाट जुटाईनेछ । यो भनेको गाउँपालिकाका स्थानीय बासिन्दाबाट उठाईने कर लगायत स्रोटबाट उठ्ने रकम हो ।ं गाउँपालिकाले आन्तरिक श्रोतबाट अध्यक्ष डल्लाकोटीलाई झण्डै ४९ लाख रुपैयाँको स्कार्पियो र झण्डै ७५ लाख रुपैयाँको फोहोर उठाउन एउटा टिप्पर र ब्याक लोडर खरिद गरेको गाउँपालिकाकाम नायब सुब्बा पर्शुराम घिमिरेले जानकारी दिए । गाउँपालिकाकै स्थानीय बासिन्दाको पसिनाबाट उठेका रकमबाट अध्यक्ष डल्लाकोटीले सेवा सुविधा बापत गाडी लिईरहेका हुन् । त्यतिले पनि नपुरेर उनले इन्धन र गाडी मर्मतको नाममा लार्खौ रकम छुट्याएका छन् । यसो गर्नु भनेको गाउँपालिकाका स्थानीय बासिन्दा, उद्योगी व्यवसायी लगायतको पसिनामाथि खेलवाड गर्नु नै हो ।

Coppied from Diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा