काठमाडौँ । नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप लगाएका छन् ।
शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजना गरिएकाे कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
कतिपयलाई शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भन्ने लागेको हुनसक्ने भन्दै उनले भने, त्यही कारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर घाउ बनाउन पाए, क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् ।’ तर विभिन्न नेताहरुको नेकपामा प्रवेशले सबैले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गर्ने उनले बताए ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्न केही मानिसहरु युरोप लगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दावी पनि समेत गरेका छन् ।
अध्यक्ष दाहालले समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै विप्लव, बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसी लगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरेका छन् ।
अध्यक्ष दाहालले बाबुराम भट्टराई बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने समेत बताएका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ