कास्की, ७ असार । पोखराको मणिपाल अस्पतालका चिकित्सकले चलाएको गाडीबाट अस्पताल हाताभित्रै एक बालकको ज्यान गएको छ । चिकित्सक विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो ।तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा रहेका कँडेलका पिताले उनलाई सडक छेउमा उभ्याएर बाइक लिन पार्किङ एरियामा गएका थिए । सोही अवस्थामा डाक्टरको गाडीले उनलाई ठक्कर दिएको थियो ।
बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ । मृतक बालकका आफन्तले लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै चिकित्सकमाथि कारबाहीको माग गरेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी