March 13, 2019

विप्लवलाई प्रतिबन्ध लगाउदा किन माधव नेपाल डराए ?

download

काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको नेपालको प्रतिक्रिया छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।

‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो’ नेपालले भने, ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताए ।

मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान दिनुपर्ने बताए ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ