February 27, 2019

प्रदेश नम्बर ३ मा सवारी दुर्घटना बढ्दो

 

Image result for सवारी दुर्घटना

फागुन १५, चितवन । पछिल्लोसमय चितवनमा सवारी दुर्घटना भयावह बन्दै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेश नम्बर ३ को राजधानी उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाहरुमध्ये चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको हो ।

प्रदेश नम्बर ३ को काठमाडौं उपत्यका बाहेक चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ३ का प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले बताए । उनका अनुसार प्रदेश नम्बर ३ का १० वटा जिल्लामा मात्रै हरेक महिना सवारी दुर्घटनामा सरदर ४५ जनाको मृत्यु हुने गरेको छ । ती मध्ये हरेक महिना १६ देखि १७ जनाको चितवनमा हुने सवारी दुर्घटनामा मृत्यु हुने गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले धेरै प्रयास गर्दा पनि सवारी दुर्घटना कम गर्न नसकिएको बताएको छ । ‘जिल्लामा हुने सबैजसो अपराधिक क्रियाकलापमा हामीले सफलता हासिल गरेकै छौँ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले भने, ‘तर, सवारी दुर्घटना भने झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ ट्राफिक नियम पालना नगरिदिँदा आफैँ जोखिममा पर्ने गरेको उनले बताए ।

उनका अनुसार प्रहरीले मादक पदार्थ सेवन गर्ने चालकलाई हरेक दिन कारबाही गर्दै आएको छ । तैपनि समस्या समाधान हुन सकेको छैन । ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउन हुँदैन भन्ने सबै चालकलाई थाहा छ, तर चलाइदिन्छन्’, उनले भने, ‘हरेक दिन १२ देखि १५ जनालाई मापसेकै आरोपमा हामीले कारबाही गर्दै आइरहेका छौँ, तैपनि कम हुँदैन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा मात्रै चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८४ वटा सवारी दुर्घटना हुँदा ८९ जनाले ज्यान गुमाएका छन् भने ३४० जना घाइते भएका छन् । गत आर्थिक वर्षमा २७१ वटा सवारी दुर्घटना हुँदा १३२ को मृत्यु भएको थियो भने ५२९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा