‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत : फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न दर्ता हुनुपर्ने

gokul_baskota_Wd4Rfi6DMr

नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हाँै । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनाँै”, उहाँले भन्नुभयो ।

फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न भने सम्बन्धित संस्थाले दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । सामाजिक सञ्जाललाई सकारात्मकरुपमा प्रयोग गरे त्यसले मानव समाजलाई सकारात्मक सन्देश दिने र गलतरुपमा प्रयोग गरिए त्यो घातक हतियार हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । सामाजिक सञ्जालका विषयमा नेपालमा मात्रै नभई अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट, क्यानडा जस्ता देशमा समेत चर्चा परिचर्चा शुरु भएको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षामा उत्पन्न गरेका चुनौतीलाई के कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको चासो रहेको बताउनुभयो ।

उहाँले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गर्दै गलत तवरले भइरहेको प्रचारप्रति गुनासो गर्नुभयो ।

त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभयो । सचिव योगीले नै ‘कर्मचारी समायोजना विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १० गते अपराह्न १३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक