माघ १२, काठमाडौं : सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ ।
दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने, ‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेरै आयात भएको भेटिए जफत गर्छौं ।’ अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिए ।
अब कानुनभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गरे । उनले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर