हिमपातले सडकदेखि हवाई उडान ठप्प

Snow_fail_Jumla_karnali_9_404604041-360x260

पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन् । सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन् । “केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्”, सवारी चालक कृष्ण कार्कीले भन्नुभयो, “अहिले पनि वर्षात्सँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्था नै छैन ।” कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा समस्या हुनेछ ।

सोलुखुम्बुबाट काठमाडाँै हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन् । सडक अवरुद्ध भएसँगै बालबालिका तथा वृद्धवृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानीय भाइचुङ शेर्पाले बताउनुभयो । “अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ”, शेर्पाले भन्नुभयो, “हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाइरहेका छन् ।”

कुनै पनि उडान भएन

जिल्लामा सञ्चालित दुई वटा विमानस्थलमा िहजाे कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मौसम प्रतिकूलताका कारण  कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार िहजाे फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन । यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बन्द भएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार आज २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेन । नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको पाँच÷पाँच वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएन । यस्तै हेलिकप्टरलेसमेत उडान भर्न नसकेको बताइएको छ ।

माथिल्लो क्षेत्रको पूरै भू–भाग अहिले कुहिरोले ढाकेको छ । हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको खुम्बु पासङल्हामु गाउँकार्यपालिकाका सदस्य उमा बराइलीले बताउनुभयो ।

“खुम्बुका अधिकांश मानिस जाडो छल्न बाहिर गएको भए पनि यहाँ बस्ने मानिसलाई निक्कै गाह्रो भएको छ”, बराइलीले भन्नुभयो, “केटाकेटी बुढाबूढी र पशु चौपाय बढी प्रभावित बनेको छ ।”सोलुखुम्बुको पत्ताले, पिकेडाँडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेंसीसहित माथिल्लो क्षेत्र खुम्बुमा हिउँले ढाकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक