वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको थियो । उनको पार्थिव शरिरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री र्इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । उनको नेवारी परम्पराअनुसार काठमाडौको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हाे ।
तत्कालीन नेकपा एमालेको समर्थनमा २०४८ र २०५२ सालमा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत भए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय स्वतन्त्र उम्मेदवार हुँदा उनले ‘सूर्य’ चिह्न लिएका थिए । तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा (एमाले) र हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको छ ।
तुलाधरले पञ्चायतको उत्तरार्द्धमा सो व्यवस्था अन्त्यका लागि सशक्त आवाज उठाएका थिए । तत्कालीन भूमिगत नेकपा मालेले पञ्चायत उपयोग गर्ने नीति लिएपछि देशभरबाट जनपक्षीय उम्मेदवार खडा गरेको थियो । काठमाडौंबाट निर्वाचन जितेर आउने तुलाधर थिए । उनीसँगै देशभरिबाट पाँच उम्मेदवार मात्रै विजयी भएका थिए ।
काठमाडौंबाट जितेका कारण तुलाधरको अभिव्यक्तिलाई संसदभित्र पनि गम्भीरतासाथ लिइन्थ्यो । बसन्तपुरमा आयोजित चुनावी सभामा तुलाधरले गरेको भाषणको क्यासेट बजारमा आउँथे । ती क्यासेट ब्ल्याकमा बिक्री हुन्थ्यो । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर