नासाको अन्तरिक्ष यान सूर्यको नजिक

अमेरिकाको ‘सूर्य छुने’ साहसिक अभियान ‘टच द सन’ अन्तर्गत नासको रोवोटिक अन्तरिक्ष यान सूर्यको नजिक गइरहेको छ।images_cms-image-000060143

‘पार्कर सोलार प्रोब’ अन्तरिक्ष यान मानव निर्मित कुनै पनि बस्तुभन्दा इतिहासमै नजिक पुगेको हाे।

यसअघि सन् १९७६ मा सूर्यको नजिक जर्मन–यूएस हिलियस २ उपग्रह पुगेको थियो। हिलियस उपग्रह ४२ दशमलब ७३ मिलियन किलोमिटर सूर्यको नजिक पुगेको थियो।

पार्कर अन्तरिक्ष यान भने त्यस दुरीलाई पुरा गरेर सूर्य नजिक पुग्ने प्रयासमा निरन्तर लागि रहेको छ। हिलियसले त्यसबेला प्रति सेकेण्ड ७० किलोमिटरको दूरी पार गरेको रेकर्ड समेत राखेको थियो।

पार्करले त्यसलाई समेत भंग गरिदिने विश्वास गरिएकाे छ। नासको अनुमान अनुसार पार्करले प्रतिसेकेण्ड १ सय ९० किलो मिटरको दूरी पार गर्दै सूर्य नजिक पुग्नेछ।

पार्कर रोवोटिक अन्तरिक्ष यान यसै वर्षको अगष्ट महिनामा सूर्य छुने अभियानका साथ उडेको थियो। नासाले यसको नियमन गरिरहेको छ।

पार्करले सूर्यको बाहिरी सतहमा पुगेर त्यहाँको वायुमण्डलको सूचना संकलन गर्नेछ। त्यहाँको सूचना संकलन गर्न सकिए सूर्यको ऐतिहासिक रहस्यहरु खोतल्न सकिने नासाले विश्वास लिएको छ।

आगामी वर्षहरुमा पार्कर सूर्यको कक्षमा पुग्नेछ। यस अभियानले सूर्यले कसरी कार्य गर्दछ भन्ने बुझ्न सजिलो हुने वैज्ञानिकहरुले बताएका छन्। 

सूर्यको क्रिया प्रतिक्रियाको असर पृथ्वीका कस्तो पर्छ भन्ने समेत यस अभियानले बताउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक