निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ ।
उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । साथै समितिले विष्ट र म दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको छ ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानविन समितिले बम दिदीबहिनीले दिएको बयान र तथ्य फरक–फरक देखिएको भन्दै उनीहरुको भूमिकालाई शंकास्पद भनेको हो ।
प्रतिवेदनमा भनिएको छ– ‘मृतक निर्मलाको हत्या घटनासम्बन्धी प्रमाण संकलनमा खटिएका प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको देखिएको छ ।’
समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर