काठमाडौँ, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।
आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।
यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न