देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता

coroption_30shrXKSAc

असोज १७, सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाइँदैछ । र, यो पनि प्रहरीकै अनुसन्धानको मामिला बनिरहेको छ ।
कास्कीको वीरेठाँटीदेखि मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमिटर यात्रा हुने परियोजनामाथि भएको घोटलाको प्रसंग हो यो । शंकरमान डंगोल संस्थापक अध्यक्ष रहेको मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात कीर्ते गरेबापत अध्यक्षसहित दुईजना सञ्चालक निकालिएका छन् । 

तर, न निकालिएका अध्यक्ष यसबारे जानकार छन्, न उनको हस्ताक्षर र निर्णय पुस्तिका कतै छ । तर, कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीले शेयर प्रमाणपत्र हात पारिसकेका छन् । उक्त कम्पनीमा पहिला शंकरमानिसहित योगेन्द्रचनद्र पालिखे, प्रकाशबहादुर सिंह, हरिप्रसाद तम्चा, पुष्पकरमान श्रेष्ठ, दिवाकरकुमार ओझा, रोशन सहनी र तुलसीमान सिंह सञ्चालक थिए ।

तर, रोशन र तुलसीमान विदेशमा रहेको र अध्यक्ष शंकरमानले राजीनामा दिएको भन्दै नक्कली कागजात पेश गरी शेयर विक्रिको प्रमापत्र तयार पारिएको उजुरी परेको छ । 
, आज प्रकाशित जन आस्था साप्ताहिकमा यो खबर छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर