दैनिक पाँच शव आउँछन् विदेशबाट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट।

dath_BAY4cPpOFa

वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए।

आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्।  सर्लाही हिरापुर–९ का आइसिंह अवैध कामदारका रूपमा बसेका थिए।

डोल्मा वैध रूपमा बसेकी थिइन्। केहीअघि नेपाल फर्किएकी उनी पुनः एक महिनाअघि मलेसिया पुगेकी थिइन्। गोले दम्पतीका १७ र १५ वर्षका छोरी र १० वर्षका छोरा छन् छन्। शव सर्लाही लगेर अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजानामा छिन्।

 ‘कम्पनीले २५ दिनको विदा दिएको छ’, उनले भनिन्, ‘श्रीमानको काम सकेपछि फर्किन्छु। बच्चाहरूको जिम्मेवारी मेरो काँधमा छ।  

नाम्काकोट–५ नवलपरासीका ३० वर्षीय दुर्गासि‌ंह रानाको शव पनि बिहीबार आइतसिंहको शव आएको थाइ एअरवेजको त्यही उडानबाट आइपुगेको थियो।, यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर