September 24, 2018

६ महिनामा ७ पटक विद्यालय बन्द

 

सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको ९ वर्ष पुग्दा समेत विद्यालय बन्द रोकिएको छैन । मन्त्रिपरिषद्को बैठकले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । त्यसको ६ दिनपछि अर्थात् जेठ १६ गते नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले शिक्षण संस्था बन्दको आह्वान गरेको थियो । विभिन्न संगठनले पटकपटक विद्यालय बन्द गर्दा समेत सरकारले कुनै पहल गरेको छैन । सरकार बन्द विद्यालय खुलाउने विषयमा मूकदर्शक बन्ने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विद्यालय बन्द गर्न नहुने तर्क गर्नुभयो । तर बन्द विद्यालय खुलाउन सरकारले के पहल गरेको छ त भन्दा उहाँले केही उत्तर दिनुभएन । भन्नुभयो– ‘बन्द गर्नु हुँदैन सरकारले घोषणा गरेको विद्यालय शान्तिक्षेत्रलाई सबैले पालना गर्नुपर्छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर