काठमाडौँ, ७ असोज । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेकोमा प्रहरीले भने असन्तुष्टि जनाएको छ । काभ्रेको पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण नहुँदै सरकारले राष्ट्रपति कार्यालयलाई हालको राष्ट्रपति कार्यालयसंगै जोडिएको प्रहरी प्रतिष्ठानको उक्त जग्गा दिने निर्णय गरेको हो ।
सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा निर्माण गर्ने निर्णय गरेपनि अहिले सम्म काम अगाडि बढन सकेको छैन् । भारत सरकारको आर्थिक सहयोगमा पनौतीमा अधिकरण गरेको ९ सय रोपनी क्षेत्रफलमा प्रतिष्ठान निर्माण गर्ने भनिए पनि अहिले सम्म कुनै काम हुन सकेको छैन ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालय समेत रहेको जग्गामा हाल राष्ट्रपति कार्यालयले हेलिप्याड निर्माणको काम अगाडि बढाइसकेको छ ।
बिकल्प नै नदिई सरकारले हतार हतारमा निर्णय गरेर प्रहरीले भोगचलन गर्दै आएको जग्गा राष्ट्रपति कार्यालयलाई दिइएपछि प्रहरीको काम कारवाहीमा गम्भिर असर पर्ने देखिन्छ ।
नेपालमा भएको १८ औ सार्क सम्मेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पनौतीमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठानको लागि ८ अर्ब ७९ करोड १३ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । तर नेपाल सरकार र भारत सरकारको बीचमा कन्सलट्यान्ट नियुक्त गर्ने विषयमा सहमति जुटन नसक्दा काम अगाडि बढन सकेको छैन् ।
भारत सरकारले प्रतिष्ठान निर्माणको लागि २ अर्ब ३० करोड ७८ लाख उपलब्ध गराए पनि गुरु योजनाको काम समेत हुन सकेको छैन् । प्रहरी प्रतिष्ठानकोलागि अधिकरण गरेको जग्गामा अहिले धान खेती गरिएको छ । त्यहांबाट उत्पादन भएको धानमा समेत अनियमितता हुने गरेको भन्दै स्थानीयले तीव्र बिरोध गरिरहेका छन । नेपाल समाचारपत्रमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर