दसैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने

Home bound crowd

असोज ५, काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । 

महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । 

सरकार र व्यवसायीबीच यसअघि बढेको डिजेलको मूल्यअनुसार दसैंपछि यातायात भाडा समायोजन गर्ने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर