
सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोशमात्र पोखेनन्, पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएको पनि उल्लेख गरे ।
कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने पार्टीका नेता–कार्यकर्ता यतिबेर किन ओलीले भनेजस्तो ‘अरिंगाल’ बन्न सकेका छैनन् त रु ‘यो प्रश्नको जवाफ भेट्न ओलीजीकै कार्यशैली केलाउनुपर्ने हुन्छ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने, ‘अरिंगालको जस्तो सामूहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको छ ।
के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरूले कसरी लिन सक्छन् ?’
गत जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज’ भएका छन् । माथिल्लो तहमा केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । तर, केन्द्रीय समिति र स्थायी समितिको बैठक नै बस्दैन । एकतापछि जम्माजम्मी परिचय गर्ने प्रयोजनका लागि मात्र यस्ता बैठक बसे । नौ जना रहेको सचिवालय बनेको छ । त्यसको मात्र बैठक बस्छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबर रहेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर