निर्मला बलात्कार-हत्या प्रकरणः प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली

nirmala_panta_PDvuBsJysc

असोज १,निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरेको, घटनास्थललाई सामान्यीकरण गरेर हेरेको र पीडितका अभिभावकलाई अटेरी गरेकोलगायत आरोपपछि ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

निर्मला बलात्कार–हत्या प्रकरणपछि प्रमाण लुकाउन प्रहरीले गरेका क्रियाकलापसँगै उनीहरूको संलग्नता पुस्ट्याइँका लागि विज्ञ टोली गठन गरिएको हो ।

विज्ञ टोलीमा बस्न्यातसँगै प्रहरी वरिष्ठ उपरीक्षक नीरज शाही, उत्तम सुवेदी, प्रहरी उपरीक्षक गणेश रेग्मी, प्रहरी नायब उपरीक्षक रमेश थापा, सन्तोष आचार्य, प्रहरी निरीक्षक दधिराम न्यौपाने, कौशल बुढाथोकी र दीपक कार्की छन् ।

यो टोलीमा फरकफरक क्षमताका प्रहरी कर्मचारी छन् । बस्नेत र थापा अपराध अनुसन्धानमा पोख्त छन् । शाही साइबर अपराध अनुसन्धानमा, न्यौपाने पोलिग्राफ परीक्षण र कौशल कल डिटेल विश्लेषणमा पोख्त मानिन्छन् । सुवेदी, आचार्य र कार्की देशभरका प्रहरी कर्मचारीविरुद्ध आउने उजुरी हेर्ने शाखामा छन् ।

रेग्मी अहिले कानुनका विज्ञ हुन् । उनले ‘च्यालेन्ज अफ द नेपाल पुलिस विथ स्पेसल फोकस अन मेन्टेनिङ रुल अफ ल इन्कन्टेम्पोररी सोसाइटी’ मा विद्यावारिधि गरेका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर