संविधान दिवसः सरकार भव्य बनाउँदै, उपप्रधानमन्त्रीको पार्टी बहिष्कारमा

kp_oli_at_yuva_prog_3_kLVsGa9cfY

भदौ २८,काठमाडौं – संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । आजको राजधानीको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।

सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् ।

सरकारको नेतृत्व गरेका यी दुई दल भने विरोधस्वरूप कालो दिन घोषणा गरेर अघि बढेका छन् ।

प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ३ असोजमा मधेसमा विरोध कार्यक्रम गर्ने भएपछि त्यहाँ संविधान दिवस अन्योलमा परेको छ । संविधान संशोधनको माग गर्दै विगतमा आन्दोलन गर्दै आएका दुवै दलले अहिले पनि दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर