निर्मला पन्तको हत्या प्रकरण रहस्यमय बन्दै

काठमाडौँ, २८ भदौ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय वन्दै गएको छ ।

प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ ।

जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् ।

मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई पन्तको वलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले गत ४ भदौमा घटनास्थलनजिकैबाट पक्राउ गरेको थियो ।
वास्तविक अपराधी जोगाउन नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेका थिए । अपराधीलाई कारवाही गर्न ब्यापक जनदवाव बढेपछि गृहमन्त्रालयले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्वन गरेको थियो । महेन्द्रनगरमा भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।

यस्तै, निर्मला पन्त हत्या सन्दर्भमा अनुसन्धानका लागि गठन भएको उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसी पुनः छानविन समितिमा फर्किनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी आफु घटनाको अनुसन्धान गर्दा असुरक्षित महसुस भएको भन्दै समितिको सदस्यबाट राजिनामा दिनुभएको थियो ।

यद्यपी वुधबार गृहमन्त्री राम बहादुर थापा बादलसँगको छलफलपछि आफू छानविन समितिमा पुनः फर्किएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

७ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहनुभएका केसीले केही असमझदारीका कारण आफूले राजीनामा दिएको र ती असमझदारी हटेकाले आफू काममा फर्केको बताउनुभयो । घटनाका दोषीलाई कारवाही गर्नुपर्ने आफ्नो धारणामा गृहमन्त्री रामबहादुर थापाको समेत साथ पाएको उहाँले बताउनुभएको छ ।

विज्ञप्तीमा भनिएको छ– ‘गृह मन्त्रालय, उच्च स्तरीय छानविन समितिका संयोजक सहित भएको छलफलबाट उक्त घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषि पत्ता लगाई कारवाही ल्याउने उद्धेश्यमा एकमत भएकाले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहेर भन्दा समितिमा यथावत रही काममा फर्किनेछुं ।’

उहाँले गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्मलाको हत्या प्रकरणमा अव निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्मला पन्तको हत्या र त्यसपछि भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीकाण्डबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।

प्रदेश नम्वर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सो छानविन समितिका सदस्य हुनुहुन्छ । समितीले घटनामा प्रहरीको कमजोरी भएको निष्कर्ष निकालेपनि अझै प्रतिवेदन लेखि सकिएको छैन ।

यसैविच, वास्तविक अपराधी पक्राउ गर्नेमा शंका उत्पन्न भएको भन्दै निर्मलाका वुवा÷आमा सरकारलाई दबाव दिन काठमाडौं आउनुभएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर