निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् ।

हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’

मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा राख्ने समय पनि सकिँदै थियो’, एसपी कडायतले भने, ‘मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण पनि पुगेन ।’ दिलीपसिंह विष्टलाई उनका दाजु खड्गसिंह विष्टको जिम्मा लगाएर छोडिएको छ । विष्टमाथि अनुसन्धान भने जारी नै रहने कडायतले बताए ।

निर्मलाको डीएनएको प्रोफाइल र दिलिपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनलाई मुद्दा चलाउनुपर्ने कारण नदेखिएको प्रहरीले जनाएको छ ।

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट पठाएको हो । ‘विष्टको स्वास्थ्य परीक्षणको रिपोर्ट भन्न नसकिने भन्ने आएको छ’, एसपी कडायतले भने, ‘झुटो बोल्ने र डायग्नोसिस गर्न नसकिने भन्ने उल्लेख छ ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर