यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो ।
परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन र राजदूत निवासका लागि ९ हजार युरो पठाएको भएपनि कार्यालय राजदूत निवासमै खुम्चिएको छ । सो मुलुकका राजदूत भरत रायमाझीले निवासका लागि ५ हजार र चान्सरी भवनका लागि ४ हजार ५ सय यूरो माग गरेपनि कार्यालय भन्दा निवासको भाडा बढी नहुने अर्थ मन्त्रालयले अडान लिएको थियो ।
राजदूत निवासको भान्साको गन्ध (खार)ले कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बन्ने गरेको आगन्तुक कक्षमा पर्याप्त कुर्चि सेवा प्रवाहका पूर्वाधार नभएको गुनासो बढ्न थालेको परराष्ट्रले जनाएको छ ।
यससँगै म्याड्रिड दूतावासले कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारी बिमा नगरी चलाएको चर्चा चुलिन थालेपछि सवारी विगत एक महिनादेखि त्यसै थन्किएको म्याड्रिड निवासी शिवराज सिग्देलले बताउनुभयो । दूतावासले बिमा नगरी सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडी खरिद गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर