लामो मौनता अनि चलखेलः निसाना लगाउँदै प्रचण्ड !

prachanda_ej06r44xh7

भदौ २४, आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै । 
एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा । 

त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । 

खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड । 

त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । 
उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो । 

प्रचण्डलाई पुलकित बनाउने शब्दको फुलवर्षा गरेको एक साताभित्रै ओली किन तिक्तता साँँध्ने तहसम्म पुगे ? 

सत्ताराजनीतिको वरपर हिजोआज यहि जिज्ञासा सुरु भएको छ । 
किनभने ११ भदौमा बालुवाटारमा पुगेका सम्पादकहरुसँग ओलीले भनेका थिए, माओवादीले हिजो यो राजतन्त्रविरुद्ध हामी होईन क्यारे, भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । 

सेनाविरुद्ध हमी छँदैछैनौँ भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । 
ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित साँसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरी ती मोन्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेतालाई बोकेर कुद्थे गाडीमा । 

त्यसकारण लिँकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । 
अहिले पनि म व्यक्त गर्दिनँ यो । 

तपाईहरु जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन ।

त्यसको ९ दिनपछि अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ । पुनर्गठन गर्दा यो वा त्यो समुह हेरिन्न, भनेका भए पनि बुझ्न कठिन छैन । 
उनको असन्तुष्टि प्रधानमन्त्री ओलीमाथि नै हो । 
मन्त्रीलाई कस्तो निर्देशन दिने, कसरी काम लगाउने सबै जिम्मेवारी प्रधानमन्त्रीकै हो । 
प्रचण्डले प्रस्टै बुझिने भाषामा भनिरहेका छन्, जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतलाई निराशा पार्ने खालका गतिविधि देखिए भने – अब हामीले कुनै न कुनै स्टेप चाल्नैपर्छ । , आज प्रकाशित नेपाल राष्ट्रियसाप्ताहिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर