बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।
झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो । बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।
आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् । बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्ने भन्ने आरोपित साईबाबाले धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन् ।
पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीबार गर्भपतनको औषधि खुवाएको र योनीबाट रक्तस्राव नरोकिँदा ती बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडितका काकाले जानकारी दिए ।
पीडितको जाहेरी आउनेबित्तिकै साईबाबा भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।
उनले भने, ‘पीडितको जाहेरी आउनेबित्तिकै आरोपित साईबाबा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । प्रारम्भिक बयानमा केही महिनादेखि झारफुकको बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर