‘शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल’

education_ministry_2_5JLgKzqt9q

भदौ २२ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा पुनरावलोकन गर्न माग गरेको छ ।

सरुवामा विवाद भएपछि मन्त्रालयले ६ दिन अघि सरुवा सूची सार्वजनिक गरेपनि प्रदेशमा सरुवा भएका बाहेक झण्डै ७० जनालाई पत्र दिएको छैन । मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयले मन्त्रालयको वेवसाइटमा प्रकाशित भएको सरुवाको सूची पुनः परिवर्तन गर्ने तयारी गरेकोे छ ।

स्रोतका अनुसार सरुवा भएका उपसचिवले पत्र माग्दा मन्त्रालयले अझै हेरफेर हुन सक्ने भन्दै पत्र दिन नमिल्ने जवाफ दिने गरेको एक उपसचिवले बताए ।
मन्त्री पोखरेलले आफु निकटका कर्मचारीलाई पाठ्यक्रम विकास केन्द्र, इभेन्ट परियोजनामा सरुवा गरेको कर्मचारीको आरोप छ । संघका केन्द्रीय सदस्य दिवाकर शर्माले मन्त्रीले सरुवामा मनपरी गरेको आरोप लगाउदै भन्नुभयो–हाम्रा तर्फका कर्मचारीलाई पुरै पाखा लगाइएको छ ।

९० प्रतिशत त नेकपा निकटका नै होलान हाम्रो त १० प्रतिशत पनि छैन–उहाले भन्नुभयो । संघका पदाधिकारीले यो विषयमा जानकारी लिन मन्त्रीलाई भेट गर्न खोज्दा निजी सचिवालयले इन्कार गर्ने गरेको आरोप लगाएका छन् ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर