मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य !

om_wLd6H02Rx0

भदौ २०,कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो ।
सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो ।

आजसम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ ।

परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उहाँ अनुमोदन हुनुभएको थिएन ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर