April 28, 2018

८ अर्बको लागूऔषध दुरुपयोगका अभियुक्त सञ्जय गुप्ताको पक्षमा सर्वोच्चको फैसला

दुरुपयोग अर्बमा, धरौटी लाखमा

काठमाडौं- सर्वोच्च अदालतले करिब ८ अर्ब बिगो रहेको लागूऔषध दुरुपयोगका मुख्य अभियुक्तलाई चार लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ। 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले जिल्लाको आदेश मिलेकै देखिएकाले उल्टाउनुनपर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशपछि ठूलो परिमाणको लागूऔषध दुरुपयोगको अभियोग लागेका एसआर ड्रग ल्याब्रोटरिजका सञ्चालक सञ्जयकुमार गुप्ता मुद्दाको फैसला नभएसम्म थुना बाहिरै हुने भएका छन्। 

मुद्दा दर्ताको समयमा फरार रहेर सुटुक्क जिल्ला अदालत उपस्थित हुँदै न्यून धरौटीमा रिहा भएका उनको पक्षमा उच्च अदालतले समेत आदेश जारी गरेपछि सरकार सर्वोच्च पुगेको थियो। तर, सर्वोच्चले पनि गुप्ताको पक्षमा आदेश सुनाएको छ। 

२ हजार १ सय १० किलो स्युडोफ्रिडिन खरिद गरेको एसआर ड्रगले १ हजार ६ सय ६२ किलो लागूऔषधका रुपमा बिक्री गरेको आरोपपत्रमा उल्लेख थियो। उक्त परिमाणको औषधिको बजार मूल्य झन्डै ६ अर्ब रुपैयाँ हुन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको