April 28, 2018

बैंक तथा वित्तीय संस्थाको कूल संख्या १५३ : शाखा संख्या पाँच हजार ८४८ पुग्यो –राष्ट्र बैंक

 

काठमाडौँ, १५ वैशाख : नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ । 

बैंकको ६३ औँ वर्षिकोत्सवका अवसरमा बैशाख १४  गते   आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताए 

विदेशी मुद्रा विदेशस्थित बैंकमा लगानी गर्दा पूर्ण तरल सरकारी सुरक्षणपत्रमा पाँच वर्षसम्मका लागि लगानी गर्नसक्ने व्यवस्था वारे जानकारी दिँदै नेपालले बाणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिबर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरिएको बताए  । 

भुक्तानी प्रणाली 

गभर्नर डा नेपालले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैंकिङ, एसएमएस बंैकिङ, मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको जानकारी दिए  । 

हालसम्म भुक्तानी सेवा प्रदायक÷सञ्चालकको कार्य गर्ने प्रयोजनका लागि पाँच संस्था/संयन्त्रलाई अनुमति प्रदान गरिएको जानकारी दिँदै नेपालले भुक्तानीसम्बन्धी कार्य गर्ने प्रयोजनका लागि १६ वटा संस्था/संयन्त्रलाई आशयपत्र प्रदान गरिएको बताए  । 

गभर्नर डा नेपालले ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको बताए । 

वित्तीय क्षेत्र सुधार तथा पहुँच 

नेपालले मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि चालु आवको चैत मसान्तसम्म ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका गरी १५८ वटा संस्था एकआपसमा गाभिएर ४० वटा संस्था बन्न पुगेका जानकारी दिए  । 

गभर्नर डा नेपालले ‘क’ वर्गका २८, ‘ख’ वर्गका ३६, ‘ग’ वर्गका २५ र ‘घ’ वर्गका ६४ गरी बैंक तथा वित्तीय संस्थाको कूल संख्या १५३ रहेको जानकारी दिँदै कूल शाखा संख्या पाँच हजार ८४८ पुगेको बताए  । 

संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कूल ७५३ स्थानीय तहमध्ये ३९४ मा वाणिज्य बैंकको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले बाँकी तहमा यसै आर्थिक वर्षभित्र शाखा स्थापना हुने योजना रहेको बताए  । 

बजेट घाटा एक खर्ब २५ अर्ब 

चालु आवको नौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थालाई रु १३ अर्ब ५५ करोड पुर्नकर्जा प्रवाह भएको जानकारी दिँदै गभर्नर डा नेपालले वाणिज्य बैंकले नगद प्रवाहमा आधारित सरकारी बजेट रु एक खर्ब २५ अर्ब ५६ करोडले घाटामा रहेको बताए  । 

वैशाखको पहिलो सातासम्म नगद प्रवाहमा आधारित कूल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६६ अर्ब ३१ करोड पुगेको नेपालले जानकारी दिए  । चालु आवको आठ महिनासम्ममा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४ दशमलव २ प्रतिशतले, बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव ४ प्रतिशतले बढेको छ । सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीलेले वित्तीय क्षेत्रको सुधार एवं कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सुधारका लागि प्रयास गरिरहेको बताए  । 

जिम्मेवारी पूरा नगर्ने र बैंक तथा वित्तीय संस्थामा भएको अनियमितताका फाइल लुकाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै नेपालले भूकम्पबाट प्रभावित भवनको पुनर्निमाणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको बताए । कार्यक्रममा पूर्वगभर्नर डा गणेशबहादुर थापालगायत सिक्का नमुनाकार सुन्दर श्रेष्ठलाई सम्मान गरिएको थियो । 

(रासस)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा