सिरियालाई रुसले निःशुल्क मिसाइल प्रदान गर्ने

 मस्कोले सिरियाली सेनालाई नयाँ एस–३०० प्रतिरक्षात्मक मिसाइल प्रणाली बिनाशुल्क प्रदान गर्ने तयारी गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । रुसी प्रशासनका अधिकारीहरुले सिरियाली क्षेत्रमा विशेषगरी इजरायलसँगको खतराका कारण बसर अल अस्सदको सेनालाई प्रतिरक्षात्मक हवाइ मिसाइल पठाउने योजना बनाइरहेको बताइएको हो ।

960875028russia

यसअघि २०१३ मा पनि राष्ट्रपति पुटिन सिरियामा मिसाइल पठाउन तयार भइसकेका थिए तर इजरायलको दबाबका कारण उनले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । अहिले भने सिरियामा अमेरिका र बेलायतको हमला र साथै इजरायलको लगातार धम्कीपछि क्रेम्लिनले फेरि सिरियाली सेनाको मद्दतका लागि मिसाइल पठाउने तयारी गरिरहेको खबर बाहिर आएको हो । रुसका सैन्य अधिकारीहरुले बताए अनुसार क्रेम्लिनले बिना शुल्क सिरियाली राष्ट्रपति बसर अल अस्सदलाई हवाइ प्रतिरक्षात्मक मिसाइलहरु दिनेछन् जसपछि सिरियामा हमला गरे इजरायलले निकै भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।

रुसले सिरियालाई प्रदान गर्ने भनेको एस–३०० को पीएमयु–२ भर्जन को प्रतिरक्षात्मक प्रणालीले लामो दुरी र धेरै उचाइका हवाइ मिसाइलबाट समेत सुरक्षा दिन सक्ने बताइएको छ । सिरियाली क्षेत्रमा यसअघि इजरायलको वायुसेना हावी रहँदै आएकाले रुसको सो कदमपछि मध्य पूर्वमा सेनाशक्तिको सन्तुलन बदल्निे अनुमान गरिएको छ ।

हालै मात्र रुसका विदेश मन्त्री सेर्गी लेम्भरोभले यसबारे क्रेम्लिनले अन्तिम निर्णय नलिइसकेपनि पश्चिमी मुलुकहरुको आक्रामक प्रतिक्रियाको जवाफ दिनैपर्ने भएमा रुसले सिरियालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका हुन् । चीन भ्रमणका क्रममा रहेका लेभ्रोभले यस्तो कदम उठाएमा रुसले खुलेआम घोषणा गर्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर