अस्पतालको अर्बौंको जग्गा हडप्न नगर प्रमुखकाे चलखेल

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ । 

news-rajdhani_J1MZEM5434

सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो ।

नेकको १८०औं बैठकले नगर प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरेको देखिन्छ । त्यसपछि नेकको १८४औं बैठकले नगर प्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ । वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझ गायब भएको जमिन खोज्न सहयोग गर्नुको साटो कलेजले भोग चलन गरेको जमिन दिलाउन नगर प्रमुख आफंै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन् ।

‘हाम्रो जमिन हराएको छ । जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरहेको सुन्दा लाजमर्दो देखिएको छ,’ उपकुलपति गुरुङले भने ।

वीर अस्पताल दुवाकोटमा आउने तयारी गरेपछि विभिन्न समूहले जग्गा हड्प्न चलखेल गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘कहिले नेकले दुःख दिन्छ । कहिले भू–माफियाहरूले ।’ १ हजार ५ सय शøयाको सुविधा सम्पन्न अस्पताल निर्माणको पूर्व सन्ध्यामा दुवाकोटको जग्गा विवाद भएमा कानुनी लडाइँ लड्ने गुरुङले बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर