नेपालका बुद्धिजीवी मुसा जस्तै : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले बुद्धिजीवीहरुमाथि तीखो प्रहार गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे। ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ। मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्’ ओलीले भने, ‘मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई ‘महेन्द्र ताल’ भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले।’

देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाएका खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ। ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु’ ओलीले भने, ‘विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन्?’

ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देशविरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए। ‘नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ। ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन’ ओलीले भने, ‘नेपालका बुद्धिजीवी त देशैविरुद्ध दाँतमा धार लाउँछन्, विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर