नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ ।
सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरुपमा कक्षा सञ्चालन गर्ने भएको हो ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य कगाडि बढाएको छ ।
लाइसेन्स लिइसकेपछि जिम्मेवारीवोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उदेश्यका साथ आगामी बर्ष २०७५/०७६ बाट चालकहरुले कक्षा लिनुपर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर